गाजामा युद्धविराम पछिको ठूलो आक्रमण, मर्नेको संख्या २२० पुग्यो


गाजा- जनवरीको युद्धविरामपछि इजरायलले मङ्गलबार गाजापट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ ।

आक्रमणमा परी दुई सय २० जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धको मृत्युभएको उद्धारकर्ताहरूले बताएका छन् ।

हमासको नियन्त्रमा रहेका बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूको सबै प्रस्तावहरू हमासले अस्वीकार गरेपछि आक्रमण्को आदेश दिइएको नेतन्याहुको कार्यालयको विज्ञप्तिमा उल्लेख छ । साथै, इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिकासाथ हमासविरुद्ध कारबाही गर्नेसमेत जनाएको छ ।

हमासले भने नेतन्याहु र इजरायलको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । हमासले इजरायली प्रधानमन्त्रीलाई आन्तरिक सङ्कटहरूबीच टिकिरहन राजनीतिक ‘जीवनरक्षक’ का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाएको छ । युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीलाई बलिदान गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने निर्णय भएको हमासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया