मदिराले मातेका असइलाई स्थानीयले गरे राम धुलाई


अछाम – अछामको तुर्माखाद गाउँपालिकामा कार्यरत रहेका एकजना प्रहरी सहायक निरीक्षक(असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ मा रहेकाे रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन् ।

यही कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए । मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीय ले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेकाे स्रोतले बताएकाे छ ।

घटनामा प्रहरी सहायक निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको पाइएकाे छ । चाडपर्वका बेला जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि स्थानीयले यसको प्रतिवाद गरेकाे बताइएकाे ।

उनीमाथि कुटपिट भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै पनि जानकारी नभएको बताइएको छ ।

प्रतिक्रिया