सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरकाे डोजर


काठमाडौं-  ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ ।

महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको जानकारी दिए ।

अदालतले अनधिकृत संरचना हटाउन आदेश दिइसकेको उनले बताए ।

प्रतिक्रिया