रविलाई चौथोपटक लगियो अदालत


काठमाडौं-  सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनलाई आज (आइतबार) १० बजेपछि अदालतमा उपस्थित गराइएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद सकिएपछि आइतबार प्रहरीले लामिछाने लगायतलाई अदालतमा पेस गरेको हो । प्रहरीले आज पनि म्याद थपको माग गर्ने तयारी गरेको छ।

लामिछाने यतिबेला जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।

 

प्रतिक्रिया