सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने विश्नोई पक्राउ


नयाँ दिल्ली-  बलिउड सुपरस्टार सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्नाटकका विकारामबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी पर्ने  जलाराम बिश्नोई राजस्थानको जालोर जिल्लाका मूल निवासी हुन् ।  सलमान खानलाई उनले धम्की दिएर ५ करोड रुपैयाँ मागेका थिए । धम्कीमा अभिनेतालाई जीवित रहन माफी माग्न वा पाँच करोड भारु भुक्तानी गर्ने भनेर दुई विकल्प दिइएको थियो ।

उनले आफू जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए ।

 

 

प्रतिक्रिया