प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्कीकाे खाेजीमा प्रहरी


काठमाडाैं- दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउने रतन कार्कीलाई नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेका छन् ।

अघिल्लो साता काठमाडौंमा भएको साफ यू २० च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै भिडिओ बनाउने रतन कार्कीको खोजीमा प्रहरी लागेको हाे । उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

जापानमा बस्दै आएका कार्कीले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न उक्साएका थिए ।

उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’

प्रतिक्रिया