रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने थप १० दिन हिरासत बस्ने भएका छन् ।

कास्की जिल्ला अदालतले लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

 

प्रतिक्रिया