जुही चावला भारतकाे सबैभन्दा धनी अभिनेत्री


काठमाडौं-   पछिल्लो विवरणअनुसार जुही चावला  भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छन् । ‘हुरुन रिच लिस्ट २०२४’ को सूचीमा चुहीको सम्पत्ति उनका साथी तथा व्यावसायिक साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

उनको यो सम्पत्ति उनका समकालीन वा जुनियरको भन्दा धेरै हो । जुहीपछिका धनी अभिनेत्रीको सम्पत्ति जोड्दा समेत जुहीको सम्पत्तिभन्दा धेरै हुन आउँछ । जुहीपछि दोस्रो स्थानमा १०० मिलियन डलर (८५० करोड भारु)सहित ऐश्वर्या राय छिन् ।

ब्राण्ड, फिल्म निर्माण कम्पनी र हलिउड फिल्मको पारिश्रमिक जोड्दा तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा छिन् । उनको कुल सम्पत्ति ६५० करोड भारु छ ।

जुही चावलाको सम्पत्तिको स्रोत फिल्म हो तर आंशिक मात्रै ।  उनको सम्पत्तिको ठूलो हिस्सा उनको व्यापारमा हुने लगानीबाट आउँछ । उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो ।

कम्पनीको संस्थापकमध्ये एकको रूपमा, जुही एक सहनिर्माता र धेरै क्रिकेट टोली (आईपीएलको कोलकाता नाइट राइडर्ससहित) को सहमालिक हुन् । उनीसँग धेरै घर जग्गाको स्वामित्व छ ।

प्रतिक्रिया