पोखरा तनावग्रस्त, एक जना प्रदर्शनकारी पक्राउ


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ ।

यसैंबीच लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा लगिएकाे थियो । उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

 

प्रतिक्रिया