ग्लोबल आईएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा


काठमाडाैं – ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रवारदेखि तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका ३ परासी, मोरङको विराटनगर महानगरपालिका ४ कन्चनबारी र झापाको भद्रपुर नगरपालिका ५ भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

तीन नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको सङ्ख्या दुई सय ७३ पुगेको छ । ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जालसहित दुई सय ४२ एटीएम काउण्टर र ४७ एक्सटेन्शन काउण्टर तथा राजस्व सङ्कलन काउण्टर, दुई सय ५७ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पन्न कार्यालयमार्फत २२ लाख बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया