

नवनियुक्त मन्त्रीले लिए सपथ, मुख्यमन्त्रीले बनाए नयाँ चार मन्त्री र २ राज्यमन्त्री

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले विस्तार गरेका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् ।
यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।
मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका थिए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका छन् ।

