

यसरी हेर्नुहोस् ज्योति लाइफको आइपिओ नतिजा, ५ लाख ९४ हजारले पाए १० कित्ता

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड गरिएको छ । धितोपत्रको नियमअनुसार गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटले जनाएको छ ।
आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। केही दोहोरो आवेदन परेपछि जम्मा १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएको क्यापिटलले जनाएको छ।
रद्द भएकासहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। नतिजा केहीबेरपछि आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ।

