सिद्धार्थ बैंकका सञ्चालक नै हुण्डी कारोबारमा संलग्न, कमसल धितोबाट ऋण निकाली बर्मामा दाल फ्याक्ट्री !


काठमाडौं – सिद्धार्थ बैंकका सञ्चालक हुण्डी कारोबारमा संलग्न रहेको भेटिएको छ । बैंकका सञ्चालक अंकित केडियाले कमसल धितोमा बैंकबाट ऋण निकालेर हुण्डीमार्फत् विदेश पठाएर व्यावसाय गरिरहेको भेटिएको हो ।

बैंकको सञ्चालक भएकै आधारमा कमसल धितोबाट ऋण निकाल्न सफल केडियाले महावीर ओभरसिजका मुक्ति अग्रवालसँगको पार्टनरसिपमा बर्मामा दाल फ्याक्ट्री सञ्चालन गरेका छन् । केडियाले सामान्यतया बिक्री गर्दा पनि नपर्ने मूल्यका जग्गालाई धितोको रुपमा राखेर कैयौं गुणा बढी ऋण निकालेको समेत बैंक स्रोतले जनाएको छ ।

उनीहरुले सिद्धार्थ बैंकबाट ऋणबापत निकालेको रकम अवैध तरिकाले हुण्डीमार्फत् विदेश पठाएर व्यावसाय गरिरहेका छन् । नेपालमा लगानी गर्ने भनेर निकालिएको ऋणलाई विदेशी भूमिमा रहेको कम्पनीमा लगानी गर्न नहुनेसमेत जनाइएको छ । उनीहरुले छिमेकी मुलुक भारतमा कागज फ्याक्ट्री पनि खोलेको स्रोतले जनाएको छ ।

दालको कालोबजारी गरेको अभियोगमा २०७७ सालमा पक्राउ समेत परेका मुक्तिले भने व्यावसायको नाममा केराउ, छोकडा र मरिच तस्करी गर्ने गरेको पनि स्रोतले जनाएको छ । अग्रवालले अवैध कारोबारबाट सम्पत्ति आर्जन गरेको भेटिएपछि सम्पत्ति शुद्धिकरणले पनि अनुसन्धान गरिरहेको छ । तर, अग्रवालले सफाई पाउनका लागि विचौलियामार्फत् सम्पत्ति शुद्धिकरण विभागलाई आर्थिक प्रलोभन दिइरहेको समेत स्रोतले दाबी गरेको छ ।

केडिया सिद्धार्थ बैंकबाहेक महावीर ओभरसिज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर, महाबीर इन्टरनेशनल सप्लायर्स प्रा.लि.का डाइरेक्टर र लेभरेज होल्ङिस् प्रा.लि.का सञ्चालक समेत हुन् । मारवाडी परिवारकै बाहुल्यता रहेको बैंकमा अंकित सर्वसाधारण शेयरधनी समूहबाट बोर्डमा चुनिएका सञ्चालक हुन् ।

मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईले भन्दै आएको मारवाडीहरुका कारण मुलुकको रकम विदेशिँदै गइरहेको भन्ने भनाईलाई केडिया र अग्रवालको यो कार्यले पुष्टी गरेको छ ।

प्रतिक्रिया