भारतको पुणेमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु


एजेन्सी-  भारत महाराष्ट्रको पुणेमा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई पाइलट र एक इन्जिनियर रहेका छन् ।

पुणे जिल्लाको बावधनको केके कन्स्ट्रक्सन हिल नजिकै बिहान साढे ६ देखि ७ बजेतिर घटना भएको हो।

हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट उडेको थियो। टेक अफ भएको करिब १० मिनेटपछि हेलिकप्टर १.५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएकाे छ ।

पहाडी क्षेत्रमा रहेको उक्त स्थानमा विहानैदेखि बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।

 

प्रतिक्रिया