दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


काठमाडौं- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरि अवरुद्ध भएको छ ।  नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो । सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराले जानकारी दिए । उनले  २० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको छ ।

प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया