बाढी पहिरो प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं – सरकारले बाढी पहिरो प्रभावित केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायत जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सरकाले विपद् संकटग्रस्त घोषणा गरेको हो ।

बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको बताइएको छ ।

शुक्रबार नै बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया