थाइल्याण्डमा बाढीमा फसेका सयभन्दा बढी हात्तीको उद्धार


काठमाडौं – उत्तरी थाइल्याण्डमा भएको भिषण बर्षापछि आएको बाढीले प्रभावित भएका सय भन्दा बढी हात्तीको उद्धार गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार  इलेफेन्ट नेचर पार्कमा रहेका १०० भन्दा बढी हात्ती बढीमा डुबेका थिए । उनीहरुलाई बाढीबाट उद्धार गरेर उच्च भागमा लागिएको स्थानीय मिडियामा उल्लेख गरिएको छ ।

यस पार्कमा पहिलो पटक बाढीको यस्तो अनुभव गरिएको पार्कका अधिकारीहरुले बताएका छन् । सो क्षेत्रबाट हात्ती सहित पाँच हजारभन्दा बढी जनावरको उद्धार गरिएको छ ।

थाइल्याण्डमा हात्तीको संख्या ३ देखि ४ हजार भएको बताइएको छ । यो संख्या सन् २००० भन्दा अगाडी १० हजारको आसपासमा रहेको थियो ।

प्रतिक्रिया