नहरमा डुबेर सर्लाहीका १२ वर्षीय बालकको मृत्यु


सर्लाही – सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् ।

शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ ।

माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो ।

उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया