‘विवाद क्विन’ इन्स्पेक्टर विनुकुमारीसँग मिलेर ‘हनी ट्रयाप’ गर्ने भिमादेवी पक्राउ


काठमाडौं — ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन् ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो ।

घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारविहीन बनाएको छ । नेपाल प्रहरीमा उनलाई पछिल्लो समय ‘विवाद क्विन’का नामले पनि चिन्न थालिएको छ । हरेक कार्यक्षेत्रको सम्पादनबाट विवादित बन्दै आएकी विनु यसअघि धनगढीमा रहँदा पनि विवादित बनेकी थिइन् ।

यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो । तर, एक सातासम्म उनको निलम्बन भएको छैन ।

 

प्रतिक्रिया