१२ लाख बढीको खाली हात हुनेगरी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भोली


काठमाडौं – ज्योति लाइफ इन्स्यारेन्सको आईपीओ बाँडफाँड भोली (शुक्रबार) हुने भएको छ ।

विभिन्न कारणले आईपीओ बाँडफाँड ढिला भएको कारण जनाउँदै बिक्री प्रवन्धक एनएमबि क्यापिटलले भोली आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।

सामान्य तयाः शेयर निष्काशनको एक साताभित्रै बाँडफाँड गरिसक्नु पर्ने भए पनि एनएमबीले एक साता ढिलाई गर्दा लगानीकर्ताले गुनासो गरेका छन् । सोही गुनासोलाई मध्यनजर गर्दै एनएमबीले आउने शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको जनाइएको छ ।

१८ लाख भन्दा बढीले आवेदन दिएको ज्योतिमा हालसम्म सबैभन्दा धेरैले आवेदन दिएका थिए ।

सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता सेयरमात्र छुट्याइएकोले भरेका १८ लाख मध्ये ५ लाख ९४ हजार जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् भने बाँकी रहेका १२ लाख भन्दा बढीको हात रित्तो हुने स्पष्ट छ । यस तथ्यांकलाई हेर्दा एक तिहाई भन्दा कमलाई आईपीओ पर्ने देखिएको छ ।

पछिल्लो समय आईपीओमा लगानीकर्ताको सर्वाधिक चाप देखिएपछि आईपीओको शेयर पर्नेको सम्भावना ज्यादै न्यून देखिएको छ । कम संख्यामा शेयर निष्काशन हुनुका साथै आवेदकको संख्या बढ्दै गएकोले यस्तो हुन गएको हो ।

पछिल्लो समय आईपीओ खुलेको सिंगटी हाइड्रोपावरमा पहिलो दिन नै आवेककको संख्या माग भन्दा धेरै पुगीसकेको छ ।

 

प्रतिक्रिया