कश्मीरे पछ्यौरी ग्लोबल ट्रेन्डिङको ९४औं स्थानमा


काठमाडाैं- ७ महिनाअघि रिलिज भएको ‘कश्मीरे पछ्यौरी’ बोलको गीत यतिबेला ग्लोबल ट्रेन्डिङमा आएको छ ।

केही दिनअघि मात्र नेपालमा सरकारले औपचारिकरूपमf टिकटकको प्रतिबन्ध हटाएपछि थप लोकप्रिय बनेको कश्मीरे पछ्यौरीलाई विश्वका अधिकांश देशबाट हेरिएपछि ग्लोबल ट्रेन्डिङमा परेको हो ।

यो साेमबार ९४ स्थानमा रहेको छ । गीतको भ्यूज २१ मिलियन पुगेको छ । बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर रहेको कस्मिरे पछ्यौरी युट्युबको ग्लोबल ट्रेन्डिङमा उकालो लाग्ने क्रम जारी छ

केही महिना अघिदेखि यस गीतका विभिन्न टुक्कामा  फेसबुक, इन्स्टाग्राम तथा टिकटकमा रिल्स बनाउनेको संख्या बाक्लो थियो ।

 

प्रतिक्रिया