रवि लामिछानेले सहकारी ठगी गरेको ठहर !


काठमाडाैं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।

समितिले तयार पारेको प्रतिवेदन सोमबार नै संसदमा पेस गर्ने तयारी छ । समिति सभापति सूर्यबहादुर थापाले सहकारी ठगीका विषयमा तयार पारिएको प्रतिवेदन दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने संसदको सम्भावित कार्यसूचीमा छ ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समिति स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, कम्पनीका अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फारम भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पनि पुष्टि भएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको गरी ९५ करोड ८१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा भित्रिएको पाइएको छ ।  रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा ११ बजे हस्ताक्षर हुँदै छ ।

प्रतिक्रिया