नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यपपछि राजकुमार हिरानी ‘शाम्बाला’ हेर्न नेपाल आउने


काठमाडाैं- केही दिनअघि बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ हेर्न नेपाल आएका थिए । अब सो चलचित्र हेर्न चर्चित बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् ।

फिल्म शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको छ । हिरानी असोज दोस्रो साता काठमाडौं आउने निर्देशक भामले बताए । उनका अनुसार फिल्म हेर्न र पोखरा घुम्ने योजनासहित हिरानी नेपाल आउन लागेका हुन् ।

हिरानीले निर्देशन गरेका पिके, थ्री इडियट्स, सन्जु,मुन्ना भाइ एमबीबीएस लगायतका थुप्रै फिल्म हिट छन् ।

प्रतिक्रिया