अमेरिकामा मुना पाण्डेको हत्या गरेकाे आरोपमा एकजना पक्राउ


काठमाडाैं- अमेरिकाकाे टेक्सासस्थित ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । संदिग्धलाई बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।

प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको हो । संदिग्धको हालसम्म पहिचान खुलाइएको छैन ।

प्रहरीले बुधबार दिउँसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया