मुना पाण्डेकी आमालाई अमेरिकाले दियो भिसा


काठमाडौं- अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन् । भिसाको आवेदन दिएकी अनितालाई काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ ।

मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले भिसा प्राप्त भएको बताउँदै भोलि बिहीबार अनिता अमेरिका जाने तयारीमा रहेको बताए ।

पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको थियो । उनी २०२१ मा अमेरिका गएकी थिइन् । उनी  ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन् ।

१३ भदौमा हत्या आरोपमा प्रहरीले बबी सिंह शाह नाम गरेका व्यक्तिका परेका थिए ।

प्रतिक्रिया