

जागिरका लागि बेलायत पठाउने भन्दै ठगी गर्ने क्षेत्री पक्राउ

काठमाडौं- अकर्षक तलबसिहत वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भन्दै ठगी गरेकाे आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री छन् ।
आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट खुलेकाे छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

