

रौतहटको गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

रौतहट- रौतहटको गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो ।
महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।
महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

