

पोर्चुगलमा घुम्ती राहदानी शिविर, ३ हजारभन्दा बढीले लिए सेवा

काठमाडाैं- पोर्चुगलमा आयोजना भएको घुम्ती राहदानी शिविरबाट ३ हजारभन्दा बढीले सेवा लिएका छन् ।
फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अनुसार पोर्चुगलको लिस्वनमा गत अगस्ट २ देखि १३ सम्म आयोजना गरेको राहदानी घुम्ती शिविरमा ३ हजार ८ सय २९ जनाले आफ्नो राहदानी नवीकरणको सेवा लिएका हुन् । सेवा लिनेमा १२१ ज्ना नावालक, ३३ सय ८० नवीकरण र हराएका ३२८ जना रहेको दूतावासले जनाएको छ।
घुम्ती शिविर नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग काठमाडौँ र नेपाली राजदूतावास पेरिसले आयोजना गरेको हाे । उक्त राहदानी सेवाबाट दूतावासले ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ राजश्व पनि सङ्कलन गरेको छ।
पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आएका छन् ।

