राष्ट्र बैंकको निर्माणाधीन भवनको सुरक्षा हेर्ने जिम्मेवारी बतास ग्रुपलाई


काठमाडौं- थापाथलीस्थित नेपाल राष्ट्र बैंकको निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ ।

भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जारी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ग्रुप अफ कम्पनी अन्तरगतको बतास ट्रक्टर्स प्रालि  काठमाडौलाई छानिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने आशयसहितको ब्यहोरा सबैमा जानकारी गराइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया