हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत पुनः उडान गर्दै


काठमाडाैं- हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेतमा पुनः उडान गर्ने भएको छ। कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो।

एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं–कुवेत–काठमाडौं  उडान गर्ने बताएकाे छ  । तर,  माग बढी भएमा उडान थप्ने कम्पनीको योजना छ ।

उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएकाे छ ।

प्रतिक्रिया