सुनियोजित रुपमा नेपाली हवाईक्षेत्रको बदनाम गर्न लागिपरेका दुई सांसद


काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर राणा यहि साउन १४ गते प्रतिनिधि सभाको बैठकमा नियोजित ढंगबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)प्रति आक्रामक देखिए ।

उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सरकारले (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्नुपर्ने बताएका थिए । उनले जहाज दुर्घटना न्युनीकरणका लागि प्राधिकरणलाई सेवा प्रदायक र नियामकका रुपमा अलग गर्नुपर्नेमा जोड दिएका थिए । ‘क्यानको मुटु ठिक छैन, अरु सबै ठिक छ । रेगुलेटर र सर्भिस प्रोभाइडर एउटै हुनुभएन, छुट्याउनुपर्छ । छुट्याउने विधेयकको स्थिति के छ ? सरकारले जवाफ दिनुप¥यो,’ उनले भनेका थिए ।

राणाले त्यसअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि दुर्घटनाको नैतिक जिम्मेवारी लिंदै अधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए । उनी ती बैठकमा मात्रै होइन बेलाबेला क्यानप्रति आक्रामक भएर नेपाली हवाई सेवामाथि प्रश्न उठाउदै आएका छन् ।

उनीजस्तै नेपाली कांग्रेसकाबाट प्रतिनिधी सभामा निर्वाचित गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई पनि नेपाली आकाश असुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा तारान्तार पोष्ट गर्छन् । केही दिनअघि उनले प्रतिनिधिसभाकौ बैठकमा बोल्दै नेपाली हवाई क्षेत्र असुरक्षित रहेको बताएका थिए । उनले आफ्नो फेसबुक प्रोफाइलमा पिन गरेर राखेको पोष्टमा नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील नभएको उल्लेख गरेका छन् ।

‘आइकाओ र इयू दुवैले विद्यमान नागरिक उड्डयन प्राधिकरणलाई पृथकीकरण गर भनेको दशकौ भैसक्यो । नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील छैन र जब त्यसको कार्यकारीको अभिनय लज्जाले भरिएको देख्छौं । यस परिप्रेक्षमा नेपाली कांग्रेसका सभापतिको गरिमामय उपस्थितिमा माननीय मन्त्री, गृह परराष्ट्र मन्त्रीज्यूहरू, सत्ताधारी दलका नेता, माननीय सांसद सदस्यको एक बृहत् समूहले सम्माननीय प्रधानमन्त्री ज्युसँग नेपालको हवाईसेवाको शीर उच्च राख्ने कदम चाल्न भन्यौं’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भन्दै उनले लेखेका छन् ।

उनीले जस्तै सांसद उदय शमशेर राणाले पनि नेपालमा निरन्तर भइरहेका हवाइ दुर्घटनाका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

जबकी प्रधानमन्त्री ओलीले प्रदेशका मन्त्रीहरुलाई भेट्न समय दिएका बेला उनीहरु सुटुक्क पुगेका थिए । सामान्य कुराकानीपछि उनीहरुले फोटो खिचाएका थिए । अहिले सोही तस्बिर सामाजिक सञ्जालमा राखेर उनी ‘मिडिया ट्रायल’ गरिरहेका छन् ।


यस्तै उनीहरुले सदमा भनेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०२२ मा प्रकाशित गरेको सम्परीक्षणमा स्थायी संयन्त्र गठन नहुनुलाई कैफियतका रूपमा उल्लेख गरिएको छ । जबकी अधिकारी क्यानको महानिर्देशकमा सोही वर्ष नियुक्त भएका थिए । तर, बजगाई भने अधिकारीको क्षमतामाथि प्रश्न गर्दै सामाजिक सञ्जाल रंगाइरहन्छन् ।

सांसद बजगाईंले केही समयअघि क्यानका महानिर्देशक प्रदीप अधिकारीप्रति तुच्छ शब्द प्रयोग गरेर लेखेका थिए, ‘भ्रष्ट स्यालले सिंह सम्झेर सार्वभौम सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेछ । बाघले एक्लै शिकार गर्ने गर्छ भन्ने कुरा नागरिक उड्डययन कार्यकारी निर्देशक प्रदीप अधिकारी थाह छैन होला । माननिय उदय शमशेर, राजेन्द्र लिंग्देन र म एक्लै एक्लै शिकार गर्न निस्कियौं भने दुनियाको कुनै शक्तिले बचाउने छैन ।’


यसरी उनी क्यानलाई लक्षित गर्दै नेपाली हवाई क्षेत्रको बदनामी गर्ने उद्देयका साथ लागिपरेका छन् । उनलाई सांसद उदय शमशेर राणाले पनि साथ दिएका छन् । अहिलेको कांग्रेस–एमाले गठबन्धन आफूहरुकै कारण भएको भन्दै बजारमा हल्ला फिजाउँदै हिँड्ने उनीहरुको समुह यसरी नेपालको हवाई क्षेत्र असुरक्षित भन्दै अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्न सक्रिय छ ।

आफ्नो पूरानो रिसिबी साँध्न तथा व्यक्तिगत फाइदाका लागि त्यो समूहका सदस्यहरुले हवाई क्षेत्रका लागि नेपाल असुरक्षित भएको भन्दै प्रतिनिधिसभामै भाषण गरिरहेका छन् । बिचौलिया तथा दलाल समूहबाट निर्देशित उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)माथि नै प्रश्न उठाएर दुर्घटनामाथि खेल्दै आएका छन् ।

पहिले एउटा क्यासिनोको बक्यौता नतिरेर विवादित बनेका सांसद बजगाई अहिले स्वार्थका लागि क्यानका महानिर्देशकको बदनाम गर्दै जनतालाई त्रसित बनाइरहेका छन् । आफ्ना निकटका व्यक्ति र कम्पनीलाई ‘एसियन एभियसन’को जनरल सेल्स एजेन्ट नबनाइएको भन्दै उनी क्यानकाविरुद्धमा लागेको बताइएको छ । त्यसयता उनी नेपाली आकाशबारे विश्वमै बदनाम हुने गरेर बाह्य पर्यटकलाई भडकाउने कार्यमा सक्रिय छन् ।

उता दिनरात नभनि हवाई क्षेत्रलाई थप सुरक्षित बनाउन लागि परेका क्यानका महानिर्देशक प्रदिप अधिकारी बने यो विषयमा ‘काग कराउदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझै चुपचाप आफ्नो काममा खटिएका छन् । उत्कृष्ट कार्य गरेकै कारण धेरै सिनियरलाई उछिन्दै महानिर्देशक बनेका अधिकारी ८औं तहबाट खुल्ला प्रतिस्पर्धामार्फत ११औं तहमा पुगेका थिए ।

गैर कानुनी रुपमा निजी कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न दिने पूर्व नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशन नमानेर उनले प्राधिकरणको साख बचाएका थिए । उनले महानिर्देशक बनेपछि पहिलो निर्णयको रूपमा विमानको पार्किङ काठमाडौं बाहिर गर्नुपर्ने निर्णय ल्याएका थिए । विमानको पार्किङ काठमाडौं बाहिर लगेपछि काठमाडौं विमानस्थलको चाप कम भएको छ भने बिहानको समयमा पहिलो फ्लाइट बाहिरबाट गर्न विमान कम्पनीहरू बाध्य भएका छन् ।

यस्तै हवाई सुरक्षाका शेयर होल्डर पाइलटले विमान चलाउन नपाउने, जहाजलाई बादलभित्र उडाउन नपाइने लगायतका निर्णय उनले नै गरेका थिए । त्यस्तै आइकाओले गरेको अडिटपछि उनी सुधारको काम गर्नतर्फ लागिरहेका छन् भने नेपाललाई ईयूको कालो सूचीबाट हटाउन पनि अधिकारीले अत्यधिक प्रयास गरिरहेका छन् ।

अब उनले सुरक्षामा लापरबाही गर्ने कम्पनीका जहाज ग्राउण्डेड गर्ने तयारी गरिरहेका छन् । कमजोर सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम भएका वायुसेवा प्रदायक कम्पनीका जहाजलाई ग्राउण्डेड गर्ने तयारी उनले गरेका हुन् ।

 

प्रतिक्रिया