बुढानिलकण्ठमा रमेश लामाको कोठाबाट १० जुवाडे पक्राउ


काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–११ खरिबोट प्रगति चोकबाट १० जुवाडे पक्राउ परेका छन् ।

डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया