

बारामा सैलुनबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ

वीरगन्ज – बारामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई सैलुनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन्।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट भुमीहार हतियार सहित पक्राउ परेका हुन्।
कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल सहित पक्राउ परेका भुमीहारलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।

