नेता खनाल र नेपालद्वारा संसदीय बोर्डमा नबस्ने घाेषणा


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गरेका छन् । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए । तर  बैठकमा नेता खनाल र माधवकुमार नेपाल भने अनुपस्थित रहेका थिए ।

बोर्डको प्रमुखमा दलका नेता ओली नै रहेका छन् ।

प्रतिक्रिया