आरजुले मन्त्री चाहियो भनेपछि झर्किए देउवा


काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीबीच मन्त्रीको विषयमा चर्काचर्की परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विषयमा देउवा र आरजु राणाबीच चर्काचर्की परेको हो ।

आरजुले ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्ने चाहना व्यक्त गर्दै आएकी छन् ।

सोही क्रममा केही दिनअघि देउवाले आफुनिकट नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए ।

उनीहरु त्यहाँ पुग्दा देउवा र आरजुबीच चर्काचर्की परिरहेको थियो ।

प्रत्यक्ष चर्काचर्की देखेका एक नेताले कागजपत्रसँग भने,‘आरजुजीले म मन्त्री बन्छु भनिरहनुभएको थियो । सभापतिजी कुरै नबुझ्ने भन्दै श्रीमतीसँग झर्किनुभयो । चर्काचर्की अलि पेचिलै थियो ।’

स्रोतका अनुसार आरजुले मन्त्री खाने दबाब दिएपछि अन्य नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा देउवा चिन्तीत छन् ।

आफु सभापति भएको र श्रीमती मन्त्री बनाउँदा त्यसको दोष आफुमा आइपर्ने बुझाई देउवाको भएको नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया