गगनको घोषणा, ‘ओली सरकारमा मन्त्री बन्दिनँ’


बिराटनगर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा मन्त्री नबन्ने जनाएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफू महामन्त्रीको रुपमा पार्टीको कामका लागि व्यस्त हुने भएपछि मन्त्री नबन्ने जनाएका हुन् । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

त्यस अवसरमा महामन्त्री थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठनतिर गइसकेपछि मात्रै कांग्रेस–एमाले सहमति सार्वजनिक हुने पनि बताए ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँगको सहमतिको इमान्दारीताका साथ पालना हुने पनि बताएका छन् ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने पनि बताएका छन् ।

 

र.. यो पनि

आरजुले मन्त्री चाहियो भनेपछि झर्किए देउवा

प्रतिक्रिया