साढे २ घण्टामा सकियो प्रचण्ड र ओलीबीचको छलफल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता साढे २ घण्टामा सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच छलफल भएको छ । छलफलका क्रममा भएका कुरा खुलाइएका छैनन् । कतिपयले सत्ता समिकरणमा संकट आएको हो कि भन्ने आशंका समेत गर्दै आएका छन् ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ३ घन्टा छलफल भएको थियो ।

ओली निवास बालकोटमा भएको देउवा ओलीको भेटवार्ताको भोलिपल्ट (आज) ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया