राजनीतिक फेरबदलको चर्चा : देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौँ — नेपाली कांग्रेस सभापति शेरबहादुर देवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बोलाइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको नेताहरुले बताएका छन् ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बोलाइएको छ । शनिबार देउवाले एमाले अध्यक्ष ओलीसँग ३ घण्टा लामो छलफल गरेका थिए । ओलीसँगको छलफलपछि बैठक डाकिएकाले कुनै राजनीतिक फेरबदल हुन्छ कि भन्ने आशंका गरिएको छ ।
आज अध्यक्ष एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सिंहदरबारमा छलफल भएको थियो ।

प्रतिक्रिया