नियम मिचेर मेडियम नै पार गर्ने सरकारी गाडी कुन कार्यालयको हो ?


काठमाडाैं- यतिबेला सरकारी गाडीले नै ट्राफिक नियमको धज्जी उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ललितपुरको सातदोबाटोस्थित चक्रपथ (रिङरोड)मा बा १ झ ७६७४ नम्बरको सरकारी गाडीले मेडियमनै पार गरेर अर्को लेनमा गएको भाइरल भिडियोमा देखिएको छ ।

उक्त भिडियोमा धेरैले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त सवारी साधन र चालकलाई खोजेर काबाही गरेको जनाएको छ । कार्यालयले चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको बताएको छ । उक्त गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेकाे खुलेकाे छ ।

 

 

प्रतिक्रिया