प्रचण्ड र ओलीबीच एक घन्टादेखि भेटवार्ता जारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच १ घन्टादेखि भेटवार्ता जारी रहेको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ३ घन्टा छलफल भएको थियो ।

ओली निवास बालकोटमा भएको देउवा ओलीको भेटवार्ताको भोलिपल्ट (आज) ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया