बादलका छोरा प्रतीक र बेचन झालाई अदालत लगिँदै


काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा लागेको आरोपमा पक्राउ परेका प्रतीक थापा र बेचन झालाई काठमाडौं जिल्ला अदालत पेस गरिदैछ । झा विचौलिया हुन भने थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।
पक्राउ परेका थापालाई यसअघि पेस भएको अभियोगपत्रमा बयानका लागि र झालाई म्याद थपका लागि पेस गरिन लागेको हो ।
रामबहादुर थापा गृहमन्त्री भएका बेला बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा आर्थिक लेनदेन गरेको अनुसन्धानमा खुलेको थियो ।All Posts

प्रतिक्रिया