बैतडीमा बालबालिकाहरुले रोकिराखेको ट्याक्टरको क्लच थिचेपछि…


बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको मेलौली नगरपालिका–३ कुजगाड तल्खेतमा ट्याक्टर दुर्घटना हुँदा तिनजना घाइते भएका छन् । घाइतेमध्ये दुईजना ७ वर्षीया बालिका रहेका छन् ।

बालबालिकाहरुले रोकिराखेको ट्याक्टरको क्लच थिच्दा अचानक ट्याक्टर गुडेको बताइएको छ ।

गुडेको ट्याक्टर घरमाथि खस्दा छतनै भासिएको छ । प्रहरी घटनास्थल गइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया