नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा कञ्चनपुरबाट पक्राउ


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।

शुक्रबार राति प्रहरीले झालाई कञ्चनपुरबाट पक्राउ गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।

प्रतिक्रिया