फोन गर्दागर्दै विवाद भएपछि आफैंलाई गोली हानेका थिए संसद भवनमा खटिएका प्रहरीले


काठमाडौं– आफैँलाई गोली हानेर आत्महत्या गरेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्युको कारण पारिवारिक तनाव रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

आज बिहान बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर एसएलआरबाट आफैलाई गोली हानेका थिए ।

गोली उनको निधारमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी अधिकारीहरुका अनुसार उनी घर वा अरु कसैलाई फोन गरिरहेका थिए । फोन गर्दागर्दै विवाद भएपछि शौचालय छिरेका उनले आफैलाई गोली प्रहार गरेको पाइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

दोलखा घर भएका प्रहरी जवान गोले २०७६ सालमा प्रहरी सेवामा जवानको रुपमा प्रवेश गरेका थिए ।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् गोलेको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर आफैंलाई गोली हानेका थिए ।

प्रतिक्रिया