टिचिङ अस्पतालकै प्राङ्गणमा रहेको फार्मेसीले म्याद गुज्रेका औषधी बेच्दै


काठमाडौं- काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई लेखेर पठाएको छ । काठमाडौँ महानगर– ३, महाराजगञ्जमा रहेको टिचिङ हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा रहेको उक्त फार्मेसीलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

उपभोक्ताको गुनासो आएपछि महानगरको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधी पनि थिए । विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्छ ।

यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो । यो औषधी ऐन २०३५ तथा औषधी बिक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीत भएको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया