गर्मीले बेहोस भए हवल्दार, भिडियो बनाइरहे इन्स्पेक्टर, ढिलाे हुँदा मृत्यु [भिडियो]
काठमाडाैं-भारतको उत्तर प्रदेशस्थित कानपुरको एउटा भिडियो भाइरल भइरहेको छ । त्यहाँ एक हवल्दारको हिट स्ट्रोक(गर्मी)का कारण मृत्यु भएको थियाे । मृत्युअघि हवल्दार बेहाेस भइरहेकाे बेला एक इन्स्पेक्टरले उनको भिडियो रेकर्ड गरेका थिए । साेही भिडियो अहिले भाइरल भइरहेको छ ।
भिडियोमा प्रहरी जवान अचेत अवस्थामा रहेको र एक इन्स्पेक्टरले उनको भिडियो रेकर्ड गरिरहेको देखिन्छ । अस्पताल पुर्याउन ढिलो गरेकै कारण प्रहरी जवानको मृत्यु भएको बताइएकाे छ ।
हवल्दार बेहोस, इन्स्पेक्टरले रेकर्ड गरे भिडियो
अहिले चर्को गर्मीका कारण सर्वसाधारण साँझसम्म घरबाट बाहिर निस्कन चाहँदैनन् । तर प्रहरी भने निरन्तर ड्युटी गरिरहेका छन् । कतिपय प्रहरी घण्टौं घाममा बसेर ड्युटी गर्न बाध्य छन् । कानपुरमा गर्मीका कारण एक जवान बेहोस भएका थिए ।
कानपुर प्रहरी लाइनमा कार्यरत हेड वल्दार ब्रिज किशोर सिंह झाँसीस्थित आफ्नो घर जाँदै थिए तर स्टेसनबाहिर उनलाई चक्कर आयो र बेहोस भए । हेड हवल्दार बेहोस भएको देखेर एक इन्स्पेक्टर उहाँकहाँ आएर उपचार गर्नुको सट्टा भिडियो बनाउन थाले । केही समयपछि अस्पताल पुर्याइएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।
सब इन्स्पेक्टरले अचेत हेड हवल्दारको भिडियो बनाइरहेका थिए भने अर्कैले सब इन्स्पेक्टरको भिडियो बनाएका थिए । अहिले साेही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरी अधिकारीले जारी गरेको विज्ञप्तिमा मृत्युको कारण गर्मी भएको बताइएको छ । पोष्टमार्टमपछि मात्र वास्तविक कारण खुल्नेछ ।
ये क्या अनर्थ है???
तबियत बिगड़ी थी तो अस्पताल ले जाना था ये वीडियो बनाने का क्या तुक??वायरल वीडियो का कानपुर का है, जहां हेड कांस्टेबल बी के सिंह हीट स्ट्रोक का शिकार हुए, हुई मौत. सिपाही की तबियत ख़राब होने पर वीडियो बनाते दिखे दरोगा,
झांसी निवासी बी के सिंह कानपुर पुलिस… pic.twitter.com/Pp373NILVm
— Gyanendra Shukla (@gyanu999) June 18, 2024