कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा जेल चलान


काठमाडौं- कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ लामाले सहकारीको अर्बौं रकम अपचलन गरेको आरोप छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । लामासहितको समूहले कान्तिपुर र पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।

कान्तिपुर सेभिङको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

प्रतिक्रिया