

माधव नेपालका भान्जाका कारण युवा संघमा माधव–झलनाथ पक्षको विवाद चर्कियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को युवा संघमा अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल पक्षको विवाद चर्किएको छ ।
अध्यक्ष नेपालका भान्जा समेत रहेका युवा संघका सह–संयोजक नितेश पौडेलले शनिबार राष्ट्रिय भेला गरी समानान्तर कमिटी निर्माण गरेपछि दुई समुहबीच विवाद फेरि चर्किएको हो ।
भेलाले संयोजक पौडेल र सह–संयोजक फुर्वा लामालाई बनाएको थियो । नेतृत्व कमिटी प्रणालीमा नचलेको आरोप लगाउँदै पौडेल पक्षले छुट्टै भेला गरेको हो ।
समानान्तर कमिटी नै निर्माण गरेपछि युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले नेताहरू पौडेल, रोशन थापा र लामालाई कारबाही गरेका छन् ।

