पूर्व मुख्यमन्त्री केदार कार्कीको रिट हेर्न नमिल्नेमा


काठमाडौं – पूर्व मुख्यमन्त्री केदार कार्कीको रिट हेर्न नमिल्नेमा परेको छ । सुनुवाइका लागि सर्वाेच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी सरकार गठन विरुद्धको रिट हेर्न नमिल्नेमा परेको हो । सर्वाेच्चले पूर्व मुख्यमन्त्री कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।
न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेकाले आज कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।

प्रतिक्रिया