साउदी रियल देखाई ठगी गर्ने ३ जना पक्राउ


काठमाडौं – सर्वसाधारणलाई साउदी रियल देखाएर सुनका गहना तथा नगद ठगीको आरोपमा ३ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध कार्यालयका अनुसार रामेछाप दोरम्बा गा.पा.वडा नं. ७ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं. ५ हरियालिनगर बस्ने बर्ष ५८ की चन्दरी तामाङसमेतका मानिसहरुलाई साउदि रियल देखाई फाईदा हुने प्रलोभनमा पारि निजहरुको साथमा भएको सुनका बिभिन्न गरगहना तथा नगद समेत गरी जम्मा रू. १४,२१,५००।– (अक्षरुपि चौध लाख एक्काईस हजार पाँच सय)  लिई ठगी गरी फरार रहेका घटनाहरुको अनुसन्धानको सिलसिलामा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं १२ जिनाखु बस्ने  बर्ष ३५ को दिपक तामाङ र सोही ठाउँका टेकबहादुर घिसिङ र निर बहादुर तामाङ रहेका छन् । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले नारायणटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत वौद्ध पठाईएको जनाएको छ ।

उनीहरूसँग ३ थान मोबाइल, मोटरसाइकल र स्कुटर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया